Thursday 15th of October | २०८३ असोज २९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रिय सेवा दल तालिम प्रभावकारी बन्दै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २९ बिहीबार |

भोजपुर, २९ असोजः सेनाले सञ्चालन गर्दै आएको राष्ट्रिय सेवा दल तालिम प्रभावकारी बन्दै गएको छ । 

विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता र राष्ट्रसेवाको भावना विकास गर्ने उक्त तालिम प्रभावकारी बन्दै गएको हो । 
    
तालिमले विपद्का समयमा उद्धार तथा मानवीय सेवामा योगदान गर्नसक्ने जनशक्ति तयार पार्न र युवालाई राष्ट्रनिर्माण तथा राष्ट्रिय सुरक्षा प्रवर्द्धनमा जिम्मेवार भूमिका निर्वाह गर्न तालिमले  अभिप्रेरित गर्ने सेनाले जनाएको छ । 

विद्यालयस्तरमा तीनमहिने तालिमअन्तर्गत भोजपुरको अरुण गाउँपालिकास्थित कटका माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गरेको छ ।

राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय, मोरङमा असोज ८ देखि २८ गतेसम्म सञ्चालन भएको ५२औँ जुनियर डिभिजन पहिलो चरणको वार्षिक सामूहिक क्याम्प (शिविर)मा कटका माध्यमिक विद्यालय प्रथम भएको छ ।

भलिबललगायत विभिन्न विद्यामा उत्कृष्ट नतिजा हासिल गर्दै विद्यालयले प्रथम स्थान प्राप्त गरेको हो । यस वर्षको विद्यालयस्तरीय तालिम असार १ गतेदेखि असोज १ गतेसम्म सञ्चालन गरिएको थियो । 

विद्यालयस्तरमा तालिम सम्पन्न भएपछि आयोजित वार्षिक सामूहिक क्याम्पमा विभिन्न जिल्लाका १८ विद्यालयका ५३५ विद्यार्थी सहभागी भएका थिए । 

क्याम्पमा विद्यार्थीले विभिन्न प्रतियोगिता तथा अभ्यासमा सहभागी हुँदै आफ्नो शारीरिक क्षमता, अनुशासन, सहकार्य र नेतृत्व कौशल प्रदर्शन गरेका छन् । 

कार्यक्रम समापनका अवसरमा भोजपुरमा तालिम सञ्चालन तथा व्यवस्थापनमा योगदान पु¥याएको भन्दै श्री नयाँ श्रीनाथ गणका गणपति प्रमुख सेनानी मनोज ढुङ्गेललाई प्रशंसापत्र हस्तान्तरण गरिएको छ ।
 
राष्ट्रिय सेवा दलको तालिमले विद्यार्थीमा अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र राष्ट्रप्रतिको जिम्मेवारी बोध विकास गर्न सहयोग पुगेको विद्यालयले जनाएको छ । 

विद्यालय तहदेखि नै विद्यार्थीलाई तालिममा सहभागी गराउँदा उनीहरूको व्यक्तित्व विकाससँगै सामाजिक उत्तरदायित्व र राष्ट्रसेवाप्रतिको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विद्यालयको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan