Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

झापामा दुई भारतीय कार र अटोसहित अवैध सामान बरामद

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २७ मंगलबार |

झापा, २६ असोजः सशस्त्र प्रहरीद्वारा झापाका विभिन्न स्थानबाट दुई भारतीय कार र एक अटोसहित लाखौँ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ । बरामद सामानमध्ये करिब ४०० केजी माछा नष्ट गरिएको छ ।

    सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हेडक्वार्टर झापाका अनुसार असोज २४ देखि २६ गतेसम्म खटिएका जाँच तथा मोबाइल गस्ती टोलीले भन्सार छली ल्याइएका सामान बरामद गरेका हुन् ।

    बिर्तामोड नगरपालिका–८ को देउनिया पुलबाट पूजा सामग्रीसहित भारतीय कार तथा अर्जुनधारा नगरपालिका–११ को कालीझोडाबाट फुटबल लेग प्याड र लेडिज लेगिङ्ससहित भारतीय कार बरामद गरिएको हो । 

    त्यसैगरी, कनकाई नगरपालिका–१ को दुर्गापुर चोकबाट करिब ४०० केजी माछा र दुई रोल सेक्सन पाइपसहित अटो बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

    माछा पशु क्वारेन्टाइन कार्यालय र नेपाल प्रहरीका प्रतिनिधिको रोहबरमा खाडल खनी नष्ट गरिएको थियो भने अन्य सामान तथा सवारीसाधन आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालयमा बुझाइएको छ । 

    सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हेडक्वार्टर झापाका सूचना अधिकार सुजित विष्टले चाडबाडका अवसरमा हुनसक्ने चोरीपैठारी रोक्न तथा जिल्लाको समग्र शान्तिसुरक्षा कायम गर्न सशस्त्र प्रहरी बललाई व्यापक रूपमा परिचालन गरिएको बताउनुभयो । उहाँले अवैध गतिविधि नियन्त्रणका लागि सीमा क्षेत्रमा निगरानी, जाँच तथा गस्तीलाई प्रभावकारी बनाइएको जानकारी दिनुभयो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan