Monday 12th of October | २०८३ असोज २६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २६ सोमबार | (रासस/सिन्ह्वा)

भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर मन्तर’को मान्यता खारेज गर्दै प्रदर्शनका लागि तीनवटा वैकल्पिक स्थान तोकेको छ ।
 
    प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ ।

    मतदाता नामावली र निर्वाचन व्यवस्थापनमा कथित अनियमितता भएको भन्दै प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै विरोध प्रदर्शन भइरहेका बेला प्रहरीले यस्तो निर्णय गरेको हो ।

    भारतको संसद् भवन तथा प्रमुख सङ्घीय सरकारी कार्यालय नजिकै रहेको ऐतिहासिक खगोलीय वेधशाला जन्तर मन्तर लामो समयदेखि भारतका प्रमुख विरोध प्रदर्शन स्थलमध्ये एकका रूपमा परिचित थियो । रणनीतिक स्थानमा अवस्थित भएकाले यो राजनीतिक तथा सामाजिक मुद्दामा आवाज उठाउने प्रदर्शनकारीको प्रमुख गन्तव्य बन्दै आएको थियो ।

    जन्तर मन्तरमा प्रदर्शन गर्न नपाइने निर्णयले राजधानीमा विरोध प्रदर्शनका लागि उपलब्ध स्थानको व्यवस्थापनमा परिवर्तन ल्याउनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan