Sunday 11th of October | २०८३ असोज २५ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

माधवप्रसाद पोखरेललाई साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २५ आइतबार | रासस

काठमाडौँ, २४ असोजः भाषावैज्ञानिक, समालोचक तथा निबन्धकार प्राडा माधवप्रसाद पोखरेललाई रु ५० हजार राशिको साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार  प्रदान गरिएको छ । 

    नेपाल प्रज्ञा–प्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रममा प्राडा अभि सुवेदीले पुरस्कृत व्यक्तित्व पोखरेलले भाषासाहित्यको उन्नयनका निम्ति गर्नुभएको योगदानको सराहना गर्नुभयो । श्री पोखरेलले आफूलाई साहित्य सन्ध्याले सम्मान गरेकामा कृतज्ञता व्यक्त गर्नुभयो ।

    त्यस अवसरमा प्राडा हेमनाथ पौडेलले समालोचक तथा कवि गोविन्द भट्टको जीवनी, व्यक्तित्व र कृतित्वबारे चर्चा गर्नुभएको थियो । साहित्यकार शान्ता मानवी र नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले पनि गोविन्द भट्ट तथा पुरस्कृत व्यक्तित्व पोखरेलका बारेमा चर्चा गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan