Friday 9th of October | २०८३ असोज २३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २३ शुक्रबार | रासस


तुलसीपुर (दाङ), २३ असोजः स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमही निर्माणाधीन ट्रमा सेन्टरको निरीक्षण गर्नुभएको छ । बिहीबार मन्त्री मेहतासहितको टोलीले निर्माणाधीन ट्रमा सेन्टरको निरीक्षण गर्नुभएको हो ।

त्यस अवसरमा मन्त्री मेहताले ट्रमा सेन्टर सञ्चालनका सम्बन्धमा छिट्टै निर्णय गरिने बताउनुभयो । प्रादेशिकस्तरको उक्त ट्रमा सेन्टरको भौतिक संरचना चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने तयारी छ । करिब रु २२ करोड लागतमा उक्त ट्रमा सेन्टर निर्माण हुँदैछ । हाल भौतिक प्रगति ७४ प्रतिशतबराबर पुगेको छ । 

निर्माण सम्पन्न भएपछि ट्रमा सेन्टरबाट उपचार सेवा सञ्चालन गर्ने विषयमा सङ्घीय सरकारले तत्काल आवश्यक निर्णय गर्नुपर्ने भन्दै प्रदेश सरकारले ध्यानाकर्षण गराएको थियो । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्र पुनसहित मन्त्रालयका सम्बद्ध अधिकारीको टोलीले ध्यानाकर्षण गराएको हो ।  

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा विकास देवकोटाले लुम्बिनी प्रदेशको राजधानी क्षेत्रका अस्पताललाई विशिष्टिकृत सेवा प्रदान गर्ने अस्पतालका रूपमा विकास गर्नेगरी पहल भइरहेको बताउनुभयो । यसैबीच मन्त्री मेहताले बिहीबार नै लमही अस्पतालको समेत निरीक्षण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan