Thursday 8th of October | २०८३ असोज २२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २२ बिहीबार |

काठमाडौँ, २२ असोजः विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले कैदीबन्दी, ज्येष्ठ नागरिक र विद्यार्थीको आँखा परीक्षण गरेको छ । 

समुदायस्तरमा आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले अस्पतालले ललितपुरस्थित नख्खु कारागार, सुकेधारास्थित एजिङ केयर सेन्टर र गोकणेश्वरस्थित चामुण्डा माध्यमिक विद्यालयका विद्यार्थी गरी कूल दुई हजार ८२३ जनाको आँखा परीक्षण गरेको हो ।
 
नख्खु कारागारमा तीन दिनसम्म सञ्चालित शिविरमा ९०७ कैदीबन्दीको आँखा परीक्षण गरी २० जनालाई थप उपचारको सिफारिस र १४६ जनालाई चस्मा र औषधि निःशुल्क वितरण गरिएको अस्पतालले जनाएको छ ।
 
यस्तै सुकेधारास्थित एजिङ केयर सेन्टरमा ८४ जना ज्येष्ठ नागरिक, चामुण्डा माध्यमिक विद्यालयमा ९५४, बुद्ध प्रकाश माध्यमिक विद्यालयमा १३६ र जलुपा माध्यमिक विद्यालयमा ७४२ जनाको आँखा परीक्षण गरी चस्मा र आवश्यक औषधि वितरण गरिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan