बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २१ बुधबार |
दाङ, २१ असोज :तुलसीपुर उपमहानगरपालिका-७ गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२- ००१ क ०००४ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-५ रानीजरूवा डेरा गरी बस्ने सल्यान शारदा नगरपालिका-२ खलङ्गा घर भएका पप्पु नेपालीको छोरा अन्दाजी २ वर्षीय आयन नेपालीको बुधबार बिहान मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
