Wednesday 7th of October | २०८३ असोज २१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दुई कलाकारका एकल चित्रकला प्रदर्शनी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २१ बुधबार |

काठमाडौँ, २१ असोजः नेपाली र अर्जेन्टिनाका दुई कलाकारको शुक्रबार फरक/फरक ग्यालरीमा एकल चित्रकला प्रदर्शनी हुने भएको छ ।

आर्टुडियो इन्टरनेश्नल आर्टिस्ट रेसिडेन्सी(एआइएआर) अन्तर्गत अर्जेन्टिनाकी चित्रकार सोफिया पिचन रिभिएरको एकल चित्रकला पाटन शुक्रबारदेखि सुरु हुँदैछ । लेखक, एनिमेटर र विश्वविद्यालयकी प्राध्यापकसमेत रहनुभएकी उहाँले नेपालमा एक महिना आर्टुडियो इन्टरनेसनल आर्टिस्ट रेजिडेन्सी(एआइएआर)अन्तर्गत काठमाडौँको आर्टुडियोमा कलाकारको रूपमा कार्यशाला गर्नुभएको थियो । यसै दौरान उहाँले सिर्जना गर्नुभएको चित्रहरूलाई शुक्रबार प्रदर्शनी गरिने भएको आयोजकले जनाएको छ ।

‘नेवर्स’ शीर्षकमा उहाँका ललितपुरको पाटन क्षेत्रमा प्रदर्शनी गरिएको छ । जसमा कलाकारले एक महिनाभर नेपाली परिवेश, कला, यहाँको संस्कृति र परम्परालाई अवलोकन गरेर अनुभूति गरिएको विषयलाई आधुनिक शैलीमा क्यानभासमा उतार्नुभएको हो ।

यसैगरी, ठमेलस्थि दलाई–ला आर्ट स्पेश ग्यालरीमा शुक्रबार नै नेपाली कलाकार अन्जिला मानन्धरको  एकल चित्रकला प्रदर्शनी सुरु हुने भएको छ । ‘कन्टेम्प्रअरी आर्ट अफ नेपाल’ शीर्षकमा उहाँको चित्रकला प्रदर्शनी हुन लागेको हो । अमूर्त शैलीका उहाँका चित्रले रङ्गमार्फत अन्तरमनोभाव प्रदर्शन गर्न खोजिएको छ । लेखक मानन्धरले रङ र क्यानभासले कलाकारको अन्तरमन पोख्ने गतिलो माध्यम बन्ने गरेको बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan