Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वरिष्ठ पत्रकार हरि लम्सालको निधन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १७ शनिबार |
newsabhiyan

काठमाडौं । वरिष्ठ पत्रकार हरि लम्सालको ७८ वर्षको उमेरमा निधन भएको छ। फोक्सोसम्बन्धी समस्याका कारण लामो समयदेखि उपचाररत लम्सालको ह्याम्स अस्पतालमा उपचारकै क्रममा निधन भएको हो।

नेपाली पत्रकारितामा पाँच दशकभन्दा बढी समय सक्रिय रहेका लम्साल पत्रकारितालाई पेशा मात्र नभई समाज र राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा लिने समर्पित पत्रकारका रूपमा परिचित थिए। समाचार लेखन, सम्पादन र पत्रकारिताको संस्थागत विकासमा उनले पुर्‍याएको योगदानलाई सहकर्मीहरूले स्मरण गरेका छन्।

लम्साल नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका पूर्व सभापतिसमेत थिए। पत्रकारहरूको हकहित, व्यावसायिक मर्यादा र पत्रकारिताको गरिमा कायम राख्न उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

उनको निधनले नेपाली पत्रकारिता क्षेत्रमा एक अनुभवी र समर्पित पत्रकार गुमाएको छ। स्वर्गीय लम्सालका श्रीमती, दुई छोरा र दुई छोरी छन्। उनको निधनप्रति पत्रकारिता क्षेत्रका विभिन्न व्यक्तित्व तथा संघसंस्थाले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan