Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १७ शनिबार |

नवलपुर (नवलपरासी), १७ असोजः पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व) दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत भएको छ । 

    जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का अनुसार १८ जना यात्रु लिएर नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश-३-०१-००६ ख १५५३ नम्बरको यात्रुवाहक बस आज बिहान विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेस्थित एसमोडमा पल्टिएको थियो । दुर्घटनामा अन्य १२ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितले राससलाई जानकारी दिनुभयो । 

    पण्डितका अनुसार दुर्घटनामा परी बसका चालक बाँकेको खजुरा गाउँपालिका-२ का ३६ वर्षीय सुरेश बिसी, कोहलपुर नगरपालिका-३ का ३२ वर्षीय दीपेन्द्र केसी, कोहलपुर-१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी, नेपालगञ्ज उपमहानगरपालिका-७ का २२ वर्षीय कृष कनौजिया, जाजरकोटको भेरिगङ्गा नगरपालिका-३ का ५० वर्षीय निर्जुङ गुरुङ र बाजुराको स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरीको मृत्यु भएको हो ।

    दुर्घटनामा परी घाइते भएका १२ जना यात्रुमध्ये मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा प्रारम्भिक स्वास्थ्य उपचारपश्चात् आठ जनालाई थप उपचारका लागि चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक पण्डितले मध्यविन्दु प्रादेशिक अस्पतालले जनाएको बताउनुभयो । 

    अस्पतालद्वारा आज दिउँसो जारी विज्ञप्तिअनुसार अन्य चार जना घाइतेको भने मध्यविन्दु अस्पतालमा भर्ना गरी उपचार तथा स्वास्थ्य निगरानीमा राखिएको छ । अस्पतालमा भर्ना भएका बिरामीको आवश्यक उपचार तथा स्वास्थ्य निगरानी चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा निरन्तर भइरहेको भन्दै थप विशेषज्ञ उपचार आवश्यक देखिएका बिरामीलाई आवश्यकताअनुसार सम्बन्धित स्वास्थ्य संस्थामा पठाइएको अस्पतालले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan