Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चलचित्र 'चंगुल'को देशभक्ति गीत सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ११ आइतबार |
newsabhiyan

काठमाडौं । चलचित्र चंगुलको राष्ट्रिय भावना बाकेको गीत हार्नेछन् देशका दुस्मन सार्वजनिक भएको छ ।

यहि असोज १६ गते बाट प्रर्दशनमा आउन लागेको चलचित्र चंगुलले यतिबेला चलचित्रको प्रचारप्रसारमा जुटेको छ ।

यसै बिच चलचित्रको अर्को राष्ट्रिय गीत सार्वजनिक गरेको छ । हार्नेछन देशका दुस्मन बोलको गीतमा शब्द नायक रवि कार्किको रहेको छ भने संगीत बिपिन आचार्यले दिएका छन् ।

चलचित्रको यस गीतलाइ विश्व नेपालीले श्वर दिएका छन् । देश परिवर्तन गर्ने हुटहुटी बोकेको एक व्यक्तिले निश्वार्थ रुपमा अघि बढे के के गर्न सक्छ भन्ने चलचित्रमा देखाउन खोजिएको छ ।  

साथै जेन्जी आन्दोलन अघि अनि पछिको परिस्थिती पनि चलचित्रमा देख्न सकिने निर्माण पक्षले बताएको छ ।

  मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार भएको चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल, रोहित ढुंगाना लगायतका कलाकारको अभिनय छ । चलचित्रमा बालकलाकार रिम्शा कार्कीको समेत अभिनय छ ।

चलचित्रका गीतमा विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीको संगीत छ । त्यस्तै, देव महर्जनले द्वन्द्व निर्देशन  छ भने  छायांकन तथा सम्पादन दीपेन बस्न्यातको रहेको छ ।

चलचित्रको नाफाको केहि हिस्सा घाइते जेन्जी नेपाल लाइ दिने तथा बाढिपिडित सहयोगार्थ पनि छुट्याउने भनेर चलचित्र चंगुल टिमले बताउदै आएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan