Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भाषाविद् डा बन्धु सम्मानित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ८ बिहीबार |

काठमाडौँ, ८ असोजः त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रीय विभागले नेपाली साहित्य, लोकसाहित्य तथा भाषा–व्याकरणका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनुभएका प्रा डा चूडामणि बन्धुलाई सम्मान गरेको छ ।

विभागको ६७औँ स्थापना दिवसका अवसरमा कीर्तिपुरमा आयोजित कार्यक्रममा विश्वविद्यालयका  उपकुलपति प्रा डा भोला थापाले प्रा डा बन्धुलाई सम्मान गर्नुभएको हो ।

नेपाली साहित्य, लोकसाहित्य तथा भाषा–व्याकरणको अध्ययन, अनुसन्धान र प्रवर्द्धनमा डा बन्धुले राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै सम्मान गरिएको विभागका प्रमुख प्रा डा कृष्णप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

सो अवसरमा विभागबाट सेवा निवृत्त पूर्व विभागीय प्रमुखद्वय प्रा डा कृष्णप्रसाद घिमिरे र प्रा डा खगेन्द्रप्रसाद लुइँटेल तथा प्रा डा भरतकुमार भट्टराईलाई बिदाइ सम्मान गरिएको थियो ।

कार्यक्रममा विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल, पूर्व विभागीय प्रमुख प्रा डा दयाराम श्रेष्ठ, भाषाविद् प्रा डा माधवप्रसाद पोखरेललगायत विभिन्न विभागका विभागीय प्रमुखको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan