अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
काठमाडौं,११ भदौ : काठमाडौं, गोकर्णेश्वुर नगरपालिका-३ गोकर्ण सुन्ताखानबाट अवैध लागूऔषध गाँजा ४ सय २५ ग्राम सहित सोही नगरपालिका-२ सुन्दरीजल बस्ने ३१ वर्षीय रबिन श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट सुन्ताखानबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कबाटअवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्राम र नगद ५ हजार रूपैयाँ सहित सोही महानगरपालिका-१६ माछापोखरी बस्ने धादिङ निलकण्ठ नगरपालिका-१३ भएका २२ वर्षीय गोपाल गुरूङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग गोँगबुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा गोपालले उक्त पदार्थतारकेश्वर नगरपालिका-४ लोलाङ बस्ने २४ वर्षीय बिशाल रिमालसँग खरिद गरेको भन्ने खुल्न आएपछिबिशालको कोठा तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय मिलिग्राम नगद २ हजार ७ सय रूपैयाँ फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
झापा, झापा गाउँपालिका-५ पैनीटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४८ मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-२ चारपाने बस्ने २८ वर्षीय सनम श्रेष्ठ र मोरङ मिक्लाजुङ गाउँपालिका-१ जितपुर बस्ने २१ वर्षीय संगित राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-८स्थित लुम्बिनी होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ७० मिलिग्राम सहित धादिङ गजुरी गाउँपालिका-४ बस्ने ३५ वर्षीय मछिन्द्र चेपाङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले होटलको १०८ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
धनकुटा, धनकुटा नगरपालिका-६ बस्ने ३३ वर्षीयरमेश विकलाई अवैध लागूऔषध गाँजा २ सय ९५ ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
सप्तरी, बलान बिहुल गाउँपालिका-१ छोटकी मल्हनिया गाउँबाट नियन्त्रित लागूऔषध फेनारगन ३ एम्पुल र डाइजेपाम ३ एम्पुल सहित सिराहा लहान नगरपालिका-१ बस्ने ३५ वर्षीय संतोष कुमार सहनीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी मौवाहाबाट खटिएको प्रहरीले मधेश प्रदेश०१-००६प २५१९ नम्बरको मोटरसाइकलमसा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-६ पुरानो बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका-५ बस्ने ३७ वर्षीय अम्मर बालमिकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पर्सा,बहुदरमाई गाउँपालिका-१ बिश्रामपुर जाने नहरको बाटोबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ किलो २ सय ९० ग्राम सहित भारतसमस्तीपुर थाना दलसिगस्रा पाड गाउँबस्ने ६३ वर्षीय राम चन्द्र राय यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट बहुअर्वाभाटाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ साइकलमा जाँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, रंगेली नगरपालिका-४ चोप्राहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ४० मिलिग्राम सहित कानेपोखरी गाउँपालिका-५ बस्ने २७ वर्षीय संदेश राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फपैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
