Friday 27th of November | २०८३ मङ्सिर ११ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ११ शुक्रबार | (रासस/सिन्ह्वा)

अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन् ।
अष्ट्रेलिया तथा न्युजिल्यान्डका अग्नि तथा आपत्कालीन सेवा निकायहरूको सर्वोच्च संस्था अस्ट्रेलियन एन्ड न्युजिल्यान्ड नेसनल काउन्सिल फर फायर एन्ड इमर्जेन्सी सर्भिसेजले शुक्रबार सार्वजनिक गरेको गर्मीयामसम्बन्धी डढेलो पूर्वानुमानअनुसार अष्ट्रेलियाका आठ राज्य तथा क्षेत्रमध्ये छ वटामा डढेलोको जोखिम बढ्ने देखिएको छ ।
पूर्वानुमानमा माटोमा लामो समयदेखि कायम कम चिस्यान, वनजङ्गलमा जम्मा भएको सुक्खा दाउरा तथा अन्य प्रज्वलनशील पदार्थ र आगामी दिनमा सुक्खा मौसम रहने सम्भावनालाई जोखिम बढ्नुका प्रमुख कारण मानिएको छ ।

विशेषगरी उत्तरी तथा दक्षिणपूर्वी अष्ट्रेलियामा यस गर्मीयाममा औसतभन्दा कम वर्षा हुने अपेक्षा गरिएको छ ।
पूर्वानुमानअनुसार दक्षिणपूर्वी राज्य भिक्टोरियाको अधिकांश भूभागसहित न्यु साउथ वेल्स, साउथ अष्ट्रेलिया, वेस्टर्न अष्ट्रेलिया, टास्मानिया र नर्दर्न टेरिटोरीका केही क्षेत्रमा डढेलोको जोखिम बढ्नेछ ।

यसैबीच, अष्ट्रेलियाको मौसम विज्ञान विभागले बिहीबार सार्वजनिक गरेको दीर्घकालीन मौसमी पूर्वानुमानले पनि आगामी गर्मीयाममा देशका अधिकांश क्षेत्रमा औसतभन्दा बढी तापक्रम रहने सम्भावना औँल्याएको छ ।
एल निनो र सकारात्मक इन्डियन ओसन डाइपोल (आईओडी) को प्रभावका कारण अष्ट्रेलियामा सामान्यभन्दा बढी गर्मी हुने सम्भावना रहेको विभागले जनाएको छ । यी दुवै मौसमी अवस्थालाई अष्ट्रेलियामा उच्च तापक्रमसँग सम्बन्धित मानिन्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan