Friday 27th of November | २०८३ मङ्सिर ११ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ आइतबार स्याङ्जा जाने, उत्तरबाहिनी क्षेत्र र रामनदीधामको अवलोकन गर्ने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ११ शुक्रबार |
newsabhiyan

स्याङ्जा । नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ यही मङ्सिर १३ गते आइतबार स्याङ्जा भ्रमणमा जाने भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाका जिल्ला सभापति रुक्मागत भण्डारी (विश्वास) का अनुसार मन्त्री श्रेष्ठले जिल्लामा राजनीतिक भेटघाट, जनसम्पर्क तथा धार्मिक क्षेत्रको अवलोकन र दर्शन गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा जिल्ला सदरमुकाममा पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम छ। त्यसैगरी, विभिन्न पालिकामा स्थानीयवासीसँग भेटघाट गर्ने तथा गल्याङ नगरपालिका–१ मा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको उत्तरबाहिनी क्षेत्र र रामनदीधामको दर्शन तथा अवलोकन गर्ने कार्यक्रम तय भएको छ।

मन्त्री श्रेष्ठले सोही क्रममा नदी कटान प्रभावित क्षेत्रको समेत निरीक्षण गर्ने जनाइएको छ।

भ्रमणमा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य झविलाल डुम्रे, रास्वपा गण्डकी प्रदेश सभापति नवीन त्रिपाठी, महामन्त्री कृष्णप्रसाद लम्साललगायत विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिति रहने जिल्ला सभापति भण्डारीले जानकारी दिएका छन्।

भण्डारीले भ्रमणलाई व्यवस्थित र प्रभावकारी बनाउन पालिका तथा वडा समितिका पदाधिकारी, पार्टीका नेता–कार्यकर्ता र शुभेच्छुकहरूलाई आवश्यक समन्वय गरी कार्यक्रममा उपस्थित हुन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan