Tuesday 24th of November | २०८३ मङ्सिर ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आठ वर्षपछि सञ्चालनमा आयो बसपार्क

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ८ मंगलबार |

जुम्ला, ८ मङ्सिरः जुम्लाको चन्दननाथ नगरपालिका–६ स्थित छिनामा बसपार्क सञ्चालनमा आएपछि सवारीसाधनको आवागमन सहज भएको छ ।

निर्माण सम्पन्न भएको आठ वर्षसम्म प्रयोगविहीन रहेको बसपार्कको जग्गा विवाद समाधान भएपछि सञ्चालनमा आएको नगरप्रमुख राजुसिंह कठायतले जानकारी दिनुभयो ।

बसपार्क सञ्चालनमा आएपछि सदरमुकाम खलङ्गाका सडकमा सवारीसाधन पार्किङ गर्नुपर्ने बाध्यता हटेको छ । बसपार्क सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी तिला कर्णाली यातायात सेवा प्रालिले लिएको छ ।

विसं २०७६ मा करिब रु एक करोड ६० लाखमा ठेक्का लागेको बसपार्कका सबै संरचना निर्माण भए पनि विवादका कारण सञ्चालनमा आउन सकेको थिएन ।  यसअघि सडकमा सवारीसाधन पार्किङ गर्दा बजार क्षेत्रको यातायात व्यवस्थापनमा समस्या हुने गरेको थियो ।  बसपार्क सञ्चालनमा आएपछि उक्त समस्या कम भएको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan