Friday 13th of November | २०८३ कार्तिक २७ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २७ शुक्रबार |
newsabhiyan

काठमाडौं, २७ कात्तिक : भक्तपुर, सूर्यविनायक नगरपालिका-७ गुण्डुबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय सुनिल घिमिरे समेत ९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३६ हजार १ सय रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । 

रूकुम पश्चिम, चौरजहारी नगरपालिका-२ स्थित बसपार्कबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ बस्ने ३५ वर्षीय दिपक नेपाली समेत ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार ९ सय ९० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

सुनसरी, धरान उपमहानगरपालिका-११ सेवालुङ चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१६ जोरसखुवा बस्ने ३३ वर्षीय सोम तामाङ समेत ११ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ९२ हजार ५ सय रूपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan