Friday 13th of November | २०८३ कार्तिक २७ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २६ बिहीबार |

गुल्मी, २६ कात्तिकः पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड सञ्चालनमा आएको छ । सो सडकखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सडक माथिबाट बुधबार बेलुकी सुक्खा पहिरो खसेको थियो । 

सडक डिभिजन कार्यालय, स्थानीय कालीगण्डकी गाउँपालिका र सुरक्षाकर्मीको समन्वयमा डोजर प्रयोग गरी सडकमा थुुपिएको चट्टानसहितको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो । 

कालीगण्डकी करिडोर सडक अवरुद्ध भएपछि प्रहरीचौकी पुर्तीघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा सो क्षेत्रमा प्रहरी परिचालन गरिएको थियो । सडक सञ्चालनमा आएसँगै तिहार मनाउन गाउँमा आएका र रुद्रवेणी‐पूर्तिघाट सडकखण्डमा रोकिएका सवारी साधन आ–आफ्नो गन्तव्यतिर लागेको प्रहरीले जनाएको छ । 

सडक अवरुद्ध हुँदा गुल्मीबाट पाल्पा, बुटवल, बागलुङ, पर्वत, म्याग्दी तथा पोखरासम्म आवतजावत गर्ने सवारी साधन तथा यात्रु थप समस्यामा परेका थिए । कालीगण्डकी करिडोर मुस्ताङसम्म पुग्ने छोटो सडक भएकाले पछिल्ला दिनमा व्यस्त रहने गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan