Wednesday 4th of November | २०८३ कार्तिक १८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल संवत्को पूर्वसन्ध्यामा कांग्रेसले ‘सुकुन्दा र्‍याली’ आयोजना गर्ने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १८ बुधबार |
newsabhiyan

काठमाडौँ, १८ कात्तिक: नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले दीपावली तथा नेपाल संवत्को पूर्वसन्ध्यामा काठमाडौँमा ‘सुकुन्दा र्‍याली’ आयोजना गर्ने भएको छ ।

महानगर समितिका सभापति सुशन वैद्यले नेपाल संवत् मनाउने समुदायलाई लक्षित गरी काठमाडौँका भित्री गल्लीमा ‘सुकुन्दा र्‍याली’ आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार यही कात्तिक २१ गते शनिबार साँझ ४:०० बजे काठमाडौँको लगनटोलबाट र्‍याली सुरु हुनेछ ।

उक्त र्‍याली लगन, ब्रह्मटोल, बाङ्गेमुडा, ह्यूमत, जैसीदेवल, कोहिटी, भीमसेनस्थान, काष्ठमण्डप, प्याफल, नरदेवी, किलागल, इन्द्रचोक, जुद्ध सालिक, न्युरोड गेट हुँदै तेबहालसम्म हुने सभापति वैद्यले बताउनुभयो ।

कांग्रेसका सभापति गगनकुमार थापाको सहभागितामा आयोजना हुन लागेको उक्त कार्यक्रममा उपस्थितिका लागि महानगर समितिले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई निमन्त्रणा गरेको छ । सभापति वैद्यले उक्त र्‍यालीले सांस्कृतिक परम्परा, मौलिक पहिचान र सामाजिक सद्भावलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan