Sunday 1st of November | २०८३ कार्तिक १५ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १५ आइतबार | (रासस)

म्याग्दी, १५ कात्तिकः बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले १७ घरमा पूर्ण क्षति भएको छ भने ७७ घर उच्च जोखिममा र ७२ घर जोखिममा छन् ।

    गाउँपालिकाका अनुसार विपद्बाट ५७२ रोपनी खेतबारीमा क्षति पुगेको छ । यसैगरी, १२ वटा गोठ पूर्ण र १८ वटा आंशिक क्षति भएको छ भने २० वटा सडकमा पनि क्षति भएको छ । 

    गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाका अनुसार वडा नं ५ को छिसवाङ, वडा नं २ को भाइवाङ र वडा नं ४ को महेशलाई जोखिमयुक्त बस्तीका रूपमा पहिचान गरिएको छ । विपद्बाट प्रभावित परिवारलाई राहत वितरण तथा अस्थायी बसोबासको व्यवस्था गर्नुका साथै क्षतिको विवरण सङ्कलन भइरहेको छ । 

    बाढीपहिरोबाट विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पहिरोबाट विस्थापित गाउँपालिका–३ बरञ्जाका गङ्गाप्रसाद पुर्जा र कृष्णलाल सापकोटा बस्ती संरक्षण र पहिरो नियन्त्रणका निम्ति स्थानीय तह सक्रिय हुनुपर्नेमा जोड दिँदै त्यसो नगरे आगामी वर्षायाममा अझ क्षति हुने बताउनुहुन्छ । 

    छिसवाङ, सहस्रधारा, तोराखेत र सेराफाँट क्षेत्रमा म्याग्दी नदीको कटानले बस्ती जोखिममा पारेको छ । सिँचाइ तथा खानेपानी आयोजनामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको गाउँपालिकाले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan