Saturday 31st of October | २०८३ कार्तिक १४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अध्यक्ष ओलीद्वारा संविधानसभा सदस्य तामाङको निधनप्रति श्रद्धाञ्जली व्यक्त

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १४ शनिबार | रासस

काठमाडौँ, १४ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा सदस्य छोवाङ तेञ्जेन तामाङको निधनमा श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । सो पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद् सदस्य एवं रसुवा जिल्ला कमिटीका पूर्वअध्यक्ष तामाङको शुक्रबार निधन भएको थियो ।

    उहाँको निधनप्रति दुःख व्यक्त गर्दै अध्यक्ष ओलीले लोकतान्त्रिक आन्दोलन तथा रसुवा जिल्लाको राजनीतिक, सामाजिक र समग्र विकासमा तामाङले पुर्‍याउनुभएको योगदान सधैँ स्मरणीय रहने बताउनुभएको छ ।

    एमाले रसुवाका संस्थापक सदस्य रहनुभएका तामाङको निधनबाट पार्टीले एक अनुभवी, निष्ठावान् र समर्पित नेता गुमाएको अध्यक्ष ओलीले आफ्नो शोक सन्देशमा उल्लेख गर्नुभएको छ । अध्यक्ष ओलीले शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan