Friday 30th of October | २०८३ कार्तिक १३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रेस काउन्सिलसम्बन्धी विधेयकबारे छलफल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १३ शुक्रबार |

काठमाडौँ, १३ कात्तिकः प्रेस काउन्सिलसम्बन्धी ऐन संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा छलफल भएको छ । विधेयकको प्रस्तावनामा पत्रकारिताको पेसागत र व्यावसायिक आचरण कायम राख्दै प्रेस क्षेत्रलाई विश्वसनीय र मर्यादित बनाउने उल्लेख छ ।

विधेयकमा स्वःनियमनलाई प्रवर्द्धन गर्दै स्वच्छ, स्वतन्त्र र जवाफदेही पत्रकारिताको विकास र संरक्षणका लागि प्रेस काउन्सिललाई स्वायत्त नियामक निकायका रूपमा स्थापना र सञ्चालन गर्ने प्रस्ताव गरिएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा आज भएको त्यससम्बन्धी छलफलमा गृहमन्त्री सुधन गुरुङ, कानून न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको सहभागिता थियो । छलफलमा सरकारका उच्चपदस्थ कर्मचारी तथा नेपाल प्रहरीअन्तर्गतको साइबर ब्यूरोका प्रतिनिधिहरूको पनि सहभागी हुनुहुन्थ्यो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan