Friday 30th of October | २०८३ कार्तिक १३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रहरीको ‘स्वीप अपरेसन’,९७ जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १३ शुक्रबार |

काठमाडौँ, १२ कात्तिकः काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति, सुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा ९७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १६ जना कसुरदार रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कात्तिक ११ गतेदेखि १२ गतेसम्म काठमाडौँका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष सुरक्षा अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ८२ पुरुष र १५ जना महिला छन् ।

परिसरले सार्वजनिकस्थल, सार्वजनिक यातायातका साधन, सरकारी कार्यालय आसपास तथा बढी भीडभाड हुने क्षेत्रलाई लक्षित गरी निगरानी र चेकजाँच तीव्र पारेको छ । अभियानका क्रममा चालु मुद्दाका छ जना फरार प्रतिवादीसमेत पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दानबहादुर थापाले समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्नुका साथै सम्भावित आपराधिक गतिविधि रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी टोली परिचालन गरिएको जानकारी दिनुभयो ।

प्रहरीका अनुसार बसपार्क, सार्वजनिक यातायात, व्यस्त बजार तथा सेवाग्राहीको बढी उपस्थिति रहने सरकारी कार्यालय आसपासका क्षेत्रमा चोरी, लुटपाट, दुव्र्यवहार र बिचौलियाका गतिविधि हुनसक्ने भएकाले त्यस्ता स्थानमा निगरानी बढाइएको हो ।

प्रवक्ता थापाका अनुसार नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै आपराधिक गतिविधिमा संलग्न व्यक्तिको पहिचान, नियन्त्रण तथा कानुनी कारबाहीलाई प्रभावकारी बनाउन प्रहरी परिचालन गरिएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ परेका व्यक्तिमाथि लागेका आरोप तथा उनीहरूको संलग्नताबारे थप अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले शान्ति, सुरक्षा कायम राख्न र अपराध नियन्त्रण गर्न विशेष निगरानी तथा चेकजाँचलाई निरन्तरता दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan