Friday 30th of October | २०८३ कार्तिक १३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अनुदान दिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १३ शुक्रबार |

काठमाडौँ, १३ कात्तिकः कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने प्रलोभन देखाएर रु पाँच करोड ८० लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । 

    केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ महानगरपालिका–१३ ताहाचलका ५२ वर्षीय तिलक बुढाथोकी भन्ने श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोटका ६० वर्षीय प्रेमनारायण खनाललाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार पक्राउ गरेको हो ।

    उनीहरूले सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीसँग राम्रो चिनजान रहेको र कृषि फार्मका लागि सहुलियत अनुदान सजिलै मिलाइदिन सक्ने भन्दै पीडितलाई विश्वासमा पार।  रु पाँच करोड ८० लाख ठगी गरेका थिए । काठमाडौँ जिल्ला अदालतको अनुमतिमा उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan