Thursday 29th of October | २०८३ कार्तिक १२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल प्रिमियर लिग क्रिकेटः कर्णालीले टस जित्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बिहीबार |

काठमाडौँ, १२ कात्तिकः राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत विराटनगर किंग्सविरुद्धको खेलमा कर्णाली याक्सले टस जितेको छ । 

    कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको ‘टस’मा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिला ‘फिल्डिङ’ गर्ने निर्णय गरेका हुन् । यससँगै विराटनगर किंग्सले पहिले ब्याटिङ गर्नेछ ।

    कर्णाली आज दोस्रो जितको खोजीमा रहेको छ । यसअघि भएको पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ हराउँदै कर्णालीले प्रतियोगितामा सुखद सुरुवात गरेको थियो । यता विराटनगर भने पहिलो जितको खोजीमा रहेको छ । विराटनगर पहिलो खेलमा चितवन राइनोजसँग आठ रनले पराजित भएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan