Tuesday 27th of October | २०८३ कार्तिक ११ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ११ मंगलबार | (रासस/एपी)

तीन वर्षदेखि जारी युद्ध र देशको भविष्यबारे बढ्दो मतभेदका बीच इजरायली मतदाताले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको राजनीतिक भविष्य निर्धारण गर्न मतदान गर्दैछन् । सन् २०२३ मा हमासको आक्रमणपछि हुन लागेको यो पहिलो राष्ट्रिय निर्वाचनले इजरायलको नेतृत्व र राष्ट्रिय चरित्रको दिशा पनि तय गर्नेछ ।

    नेतान्याहुले पूर्वसैन्य प्रमुख गदी आइसेनकोटसहित उहाँलाई सत्ताबाट हटाउन खोज्ने दलहरूको चुनौती सामना गर्नुभएको छ । कुनै पनि दलले एक्लै बहुमत ल्याउने सम्भावना नरहेकाले सरकार गठनका लागि गठबन्धन र लामो वार्ता आवश्यक हुन सक्छ । अरब नेतृत्वका दलहरू निर्णायक बन्न सक्नेछन् ।

    नेतान्याहुका समर्थकले उहाँलाई युद्धको नेतृत्व गर्न सक्ने अनुभवी राजनीतिज्ञ र यहुदी पहिचानका रक्षकका रूपमा हेर्छन् । तर विपक्षीहरूले भ्रष्टाचारसम्बन्धी मुद्दा, गाजाको युद्ध र बन्धक सङ्कटलाई लिएर उहाँको आलोचना गर्दै स्वतन्त्र न्यायपालिकालाई कमजोर बनाएको तथा अति–रूढिवादी यहुदी पुरुषलाई अनिवार्य सैनिक सेवाबाट छुट दिएको आरोप लगाएका छन् ।

    निर्वाचनमा इरानसँगको तनाव र इजरायलको अन्तर्राष्ट्रिय छवि पनि महत्त्वपूर्ण विषय बनेका छन् । गाजा र पश्चिम किनारमा इजरायलको व्यवहार तथा यहुदी बस्तीका बासिन्दाबाट हुने हिंसाका कारण अन्तर्राष्ट्रिय आलोचना बढेको छ । अमेरिकामा इजरायलप्रतिको सार्वजनिक समर्थन घटेको छ भने युरोपका केही साझेदारले प्रतिबन्ध लगाएका छन् ।

    आइसेनकोटका समर्थकले उहाँलाई सुरक्षा क्षेत्रको अनुभव भएको नेतृत्वका रूपमा प्रस्तुत गरेका छन् । गाजामा उहाँका छोरा र दुई भतिजाको मृत्यु भएको छ । उहाँलाई समर्थन गर्न सक्ने दलहरूले न्यायपालिकाको स्वतन्त्रता सुदृढ गर्ने, अन्तर्राष्ट्रिय सम्बन्ध सुधार्ने र अति–रूढिवादी पुरुषलाई पनि सैनिक सेवामा सहभागी गराउने प्रतिबद्धता जनाएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan