Sunday 25th of October | २०८३ कार्तिक ९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ९ आइतबार |

महेन्द्रनगर, ८ कात्तिकः कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै देखिएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बाघ धपाउन हात्ती परिचालन गरेको छ ।

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जरविक्रम चौधरीले विगत चार/पाँच दिनदेखि सो क्षेत्रमा पाटेबाघ देखिएपछि बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको बताउनुभयो ।

    “लगातार बाघ देखिन थालेपछि हामीले निगरानी बढाउन सो क्षेत्रमा क्यामेरा पनि जडान गरेका थियौँ,” रेञ्जर चौधरीले भन्नुभयो, “गएराति पनि क्यामेरामा बाघ देखिएपछि अहिले शुक्लाफाँटाबाट दुई वटा हात्ती त्यहाँ परिचालन गरिएको छ ।”

    निकुञ्जभित्र रहेको शुक्लाफाँटा पोष्टबाट दुई वटा हात्ती परिचालन गरेर बाघलाई बस्ती छेउबाट जङ्गलतर्फ धपाउने काम भइरहेको चौधरीको भनाइ छ । त्यहाँ हात्तीका साथै बेल्डाडी पोष्टबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्ज कर्मचारी पनि खटिएका छन् ।

    “पाटेबाघ उखुबारीमा रहेको भन्ने खबर पनि आएको छ,” उहाँले भन्नुभयो, “उक्त क्षेत्रमा आवतजावत गर्ने स्थानीयलाई सावधानी अपनाउन भनेका छौँ ।”
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan