Saturday 17th of October | २०८३ कार्तिक १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गरिब देशलाई महँगीको मारबाट जोगाउन आईएमएफ प्रतिबद्ध

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १ शनिबार | रासस/एएफपी

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को प्रमुख क्रिस्टालिना जर्जिएभाले इरान युद्धका कारण बढ्दो महँगी र ऊर्जा संकटबाट प्रभावित न्यून आय भएका देशलाई सहयोग गर्नु आफ्नो संस्थाको जिम्मेवारी भएको बताउनुभएको छ ।

थाइल्यान्डको राजधानी बैंककमा आयोजित वार्षिक बैठक समापनका क्रममा शनिबार बोल्दै उनले विश्व अर्थतन्त्रमा आशा र चिन्ता दुवै रहेको बताउनुभयो । उहाँका अनुसार विश्व अर्थतन्त्रको लचिलोपन, कृत्रिम बुद्धिमत्ता (एआई) को सम्भावना र एसियाको आर्थिक गतिशीलताले आशा जगाए पनि मुद्रास्फीति, उच्च ऋण, युद्ध र जलवायु जोखिमले चिन्ता बढाएको छ ।

अमेरिका र इजरायलले इरानमाथि युद्ध सुरु गरेपछि विश्व बजारमा तेल तथा ग्यासको मूल्य बढेको छ । यसको प्रभाव विभिन्न देशमा पर्दा मुद्रास्फीति थप चर्किएको छ । विशेषगरी तेल आयातमा निर्भर न्यून आय भएका देश बढी प्रभावित भएको आईएमएफले जनाएको छ ।

“मुद्रास्फीति गरिबमाथि लगाइने करजस्तै हो,” जर्जिएभाले भन्नुभयो । उहाँले प्रभावित देशलाई आर्थिक वृद्धि र कमजोर वर्गको संरक्षणलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

उहाँका अनुसार न्यून आय भएका देशको सरकारी राजस्वमा ऋण भुक्तानीको हिस्सा पछिल्ला वर्षमा ८ प्रतिशतबाट बढेर १४ प्रतिशत पुगेको छ ।

आईएमएफले आवश्यकताअनुसार ऋण पुनर्संरचना, आन्तरिक स्रोत परिचालन, अन्तर्राष्ट्रिय वित्तीय सहयोग तथा निजी लगानी प्रवद्र्धनमा सघाउने उहाँले बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan