Thursday 8th of October | २०८३ असोज २२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गाँजासहित युवक पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २२ बिहीबार | रासस

 भोजपुर, २२ असोजः भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । हतुवागढी गाउँपालिका–९ स्थित धिरिङ खोलाको बगरबाट प्रहरीले २४४ किलो ७०० ग्राम गाँजासहित आमचोक गाउँपालिका–७ का १९ वर्षीय एकराज मगरलाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर खड्काका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मगरलाई नियन्त्रणमा लिएको हो । प्रमुख खड्काका अनुसार मगरको साथबाट ६ बोरा गाँजा, मोटरसाइकल र मोबाइल बरामद गरिएको छ । पक्राउ परेका मगरलाई बरामद गाँजासहित अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।

    लागूऔषध गाँजासम्बन्धी कसुरमा भोजपुर जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश राईले जानकारी दिनुभयो । 
प्रहरीले जिल्लामा गाँजा खेती तथा यसको ओसारपसार नियन्त्रणका लागि अभियान सञ्चालन गरिरहेको छ । अभियानअन्तर्गत गत भदौ महिनामा ८२ रोपनीमा लगाइएको ३६ हजार ९० बोट र असोजमा ३४ रोपनीमा लगाइएको नौ हजार पाँच सय ५० बोट गाँजा नष्ट गरिएको प्रहरीको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan