Wednesday 7th of October | २०८३ असोज २१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाली शेफ सोसाइटीको नयाँ नेतृत्व सर्वसम्मत, कौसल अध्यक्ष, भट्ट महासचिव

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २१ बुधबार | सागर श्रेष्ठ
newsabhiyan

काठमाडौं । नेपाली शेफ सोसाइटीको अधिवेशनले एल. बि. कौसलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। अधिवेशनबाट महासचिवमा गिरिराज भट्टसहित पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत निर्वाचित भएका हुन्।

शेफ तथा पाककला क्षेत्रका पेशाकर्मीहरूको साझा संस्थाका रूपमा रहेको नेपाली शेफ सोसाइटीको नयाँ नेतृत्वले नेपाली पाककलाको प्रवर्द्धन, शेफहरूको पेशागत विकास, सीप तथा क्षमता अभिवृद्धि र पेशागत हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बसन्त राई, उपाध्यक्षमा चन्द्र घले, महासचिवमा गिरिराज भट्ट, सचिवमा भरत सुनुवार, कोषाध्यक्षमा विष्णु खत्री तथा सह–कोषाध्यक्षमा प्रहलाद के.सी. सर्वसम्मत चयन भएका हुन्।

त्यस्तै, सदस्यहरूमा गोपाल भट्टराई, हस्तबहादुर तामाङ, साधुराम चौलागाईं, मदनप्रसाद सिम्खडा, मनोज सिल्वाल, अर्जुन मगर, रिम पन्त र पूर्ण श्रेष्ठ रहेका छन्।

सल्लाहकार तथा पदेन सदस्य

अधिवेशनबाट शिवहरि घिमिरे र सुरेश थापा सल्लाहकारमा चयन भएका छन्। त्यसैगरी, पदेन सदस्यमा चितवनबाट बाबुशरण श्रेष्ठ, गण्डकीबाट पूर्णभक्त ढकाल र कोशीबाट रमेश थापा रहेका छन्।

नयाँ कार्यसमितिले नेपाली शेफहरूको पेशागत सम्मान र पहिचानलाई थप मजबुत बनाउने, सीप तथा क्षमता विकासका अवसर विस्तार गर्ने, पाककला क्षेत्रलाई व्यवस्थित र व्यावसायिक बनाउने तथा नेपाली मौलिक खानालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।

अधिवेशनबाट नेतृत्व चयनमा देखिएको सर्वसम्मतिले संस्थाभित्रको एकता, सहकार्य र साझा प्रतिबद्धतालाई थप बलियो बनाएको सहभागीहरूले बताएका छन्। नयाँ नेतृत्वले देशभरका शेफ तथा होटल–आतिथ्य क्षेत्रमा आबद्ध पेशाकर्मीलाई संस्थासँग जोड्दै संगठनलाई थप प्रभावकारी र सशक्त बनाउने अपेक्षा गरिएको छ।

नेपाली शेफ सोसाइटीले देश तथा विदेशमा रहेका नेपाली शेफ, पाककला क्षेत्रका पेशाकर्मी, प्रशिक्षक, विद्यार्थी तथा शुभेच्छुकहरूलाई संस्थासँग सहकार्य र सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।

नेपाली मौलिक पाककलाको पहिचानलाई विश्वस्तरमा स्थापित गर्दै शेफ पेशाको गरिमा र सम्मानलाई अझ उचाइमा पुर्‍याउन सबैको एकता, सहकार्य र सहयोग आवश्यक रहेको सोसाइटीले जनाएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan