Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १७ शनिबार | (रासस/एएफपी)

अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आइईए) का सदस्य देशहरूले अहिलेसम्म रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल तथा तेलजन्य उत्पादनहरू बजारमा पठाइएको आइईएले जानकारी गराएको छ । यो अन्तर्राष्ट्रिय बजारमा इन्धनको कमी हुन नदिन मार्चमा प्रतिवद्धता गरिएको ४० करोड ब्यारेलमध्येको आपूर्ति हो । 

यो अद्यावधिक विश्वका प्रमुख सात शक्तिशाली अर्थतनत्र (जी–७) देशहरूले आइईएसँग समन्वय गरी अमेरिका–इरान युद्धको असरबाट उत्पन्न विश्वव्यापी ऊर्जा आपूर्ति चिन्ता कम गर्न तुरुन्तै अतिरिक्त १० करोड ब्यारेल डिजेल र कच्चा तेल बजारमा पठाउने गर्ने सहमति जनाएको भोलिपल्ट आएको हो।

यो १० करोड ब्यारेलमा आइईएको मार्चमा जनाइएको प्रतिबद्धताबाट बाँकी रहेको सात करोड ५० लाख ब्यारेल समावेश गरिएको छ कि त्यो अतिरिक्त हो त्यो कुरा जी–७ ले स्पष्ट उल्लेख गरेको छैन ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan