Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्कुुुलअफ ब्युटिसियन आईटीसी, रुस्काज् ब्युटि स्टुडियो र प्रभु बैंकबीच सम्झौता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १६ शुक्रबार |
newsabhiyan

काठमाडौं, १६ असोज । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाण्डौ, कमलादीस्थित रुस्काज् ब्युटि स्टुडियो र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई सौन्दर्य सम्बन्धि सेवा सुविधामा (Hair cutting,Threading, Beauty related classes Hair chemical, Facial & Skin Treatment, Nail/Manicure/Pedicure/Waxing Make up & Make up package and cosmetic/Skin care Product) विशेष छुट प्रदानगर्ने सम्झौता भएको छ ।

एक समारोहका बिच रुस्काज् ब्युटि स्टुडियोका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रुस्काज् वैध श्रेष्ठ र प्रभु बैंक लि.का तर्फबाट प्रमुख प्रदेश अधिकारी बागमती प्रदेश ९३० प्रचिता श्रेष्ठले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गर्नु भएको छ ।

समारोहमा प्रभु बैंकको तर्फबाट कमलादी शाखाकी अधिकृत राधा गुरुङ तथा रुस्काज् ब्युटि स्टुडियोका तर्फबाट प्रबन्ध निर्देशक रवि भक्त श्रेष्ठ को समेत उपस्थिति रहेको थियो ।

सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु तथा कर्मचारीहरुले रुस्काज् ब्युटि स्टुडियोमा माथि उल्लेखित सौन्दर्य सम्बन्धि सेवा लिँदा ग्राहकहरुलाई ५∞ देखि २०% सम्म र कर्मचारीहरुलाई ५∞देखि ३०% सम्म छुट प्राप्तगर्न सक्नेछन् ।

छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा बिद्युतिय प्रणालीमध्ये कुनै एकतथा बैंकका कर्मचारीहरुले प्रभु बैंक लिमिटेडको कर्मचारी परिचयपत्रसमेत पेश गर्नुपर्ने छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan