Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एसियाली खेलकुद : जुडोमा पुनम पराजित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १५ बिहीबार |

काठमाडौँ, १५ असोजः जापानमा जारी बीसाँै एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत जुडो खेलमा नेपालकी पुनम श्रेष्ठ भारतीय खेलाडीसँग पराजित हँुदै प्रतियोगिताबाट बाहिरिएकी छन् । 

जापानको आइची अन्तरराष्ट्रिय एरिनामा आज भएको महिला ७० केजीमुनि तौल समूहमा पुनम भारतीय खेलाडी ताखेलाम्बाम इनुन्गान्वीसँग इप्पोनका आधारमा पराजित भइन् ।

यससँगै जुडो खेलमा नेपालले सहभागिता जनाएको सात विधामध्ये पाँच विधामा पराजित भएको छ । हिजो भएकोे खेलमा नेपालका चार खेलाडी पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएका थिए । 

पहिलो चरणबाटै बाहिरिने खेलाडीमा देवकीमाया श्रेष्ठ, निशा श्रेष्ठ, विशेष विक र विकास विक रहेका छन् ।

महिला ५२ केजी तौल समूहमा देवकीमाया पहिलो खेलमा नै भियतनामकी खेलाडी थि नगान हासँग पराजित भएकी थिइन् । महिला ४८ केजी निशा हङकङकी वङ का लीसँग पराजित भइन् ।

पुरुष ६६ केजी तौल समूहमा विशेष हङकङका वङ का कीसँग पराजित भए । पुरुष ६० केजीमा विकास उज्बेकिस्तानका सामरिद्दिन कुचकारोभसँग पराजित भए ।

आजै नेपालको सुजन गुरुङले ९० केजी मुनि तौल समूहमा प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै, मिक्स टिमतर्फ पनि नेपालले प्रतिस्पर्धा गर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan