Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘राष्ट्रिय डिजिटल साक्षरता अभियान’ शुभारम्भ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १२ सोमबार | रासस

 काठमाडौँ, १२ असोजः होटल तथा रेष्टुरेन्टको डिजिटल रुपान्तरणका लागि ‘राष्ट्रिय डिजिटल साक्षरता अभियान’ शुभारम्भ गरिएको छ ।

होटल व्यवसायी महासङ्घ नेपालले ४७औँ विश्व पर्यटन दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा होटल तथा रेस्टुरेन्ट क्षेत्रको डिजिटल रूपान्तरणका लागि ‘राष्ट्रिय डिजिटल साक्षरता अभियान’ शुभारम्भ गरिएको हो ।

एक वर्षसम्म सञ्चालन हुने अभियानमार्फत सातै प्रदेशका होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्तासँग जोड्ने लक्ष्य राखिएको महासङ्घका अध्यक्ष टिआर भण्डारीले जानकारी दिनुभयो ।

अभियानअन्तर्गत गुगल बिजनेस प्रोफाइल, गुगल नक्सा, अनलाइन बुकिङ, होटल व्यवस्थापन प्रणाली, डिजिटल मार्केटिङ, सामाजिक सञ्जाल, ग्राहक समीक्षा व्यवस्थापन तथा डिजिटल सुरक्षासम्बन्धी व्यावहारिक तालिम सञ्चालन गरिने उहाँले बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका पर्यटन, यातायात, उद्योग तथा श्रम मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले साना तथा मझौला होटल व्यवसायीको क्षमता अभिवृद्धि र प्रविधिको प्रयोग आवश्यक रहेको बताउँदै अभियानमा मन्त्रालयको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष नरेशलाल श्रेष्ठले अभियानलाई देशव्यापी बनाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अभियानले विशेषगरी ग्रामीण क्षेत्र, राजमार्ग तथा नयाँ पर्यटकीय गन्तव्यका होटल तथा रेस्टुरेन्टलाई डिजिटल बजारसँग जोड्ने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan