Sunday 29th of November | २०८३ मङ्सिर १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

युवाको नेतृत्व र व्यक्तित्व विकासमा जेसिजको योगदान महत्त्वपूर्ण : प्रदेश प्रमुख भट्ट

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १२ शनिबार | (रासस)

गण्डकी, १२ मङ्सिर : गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले युवाको नेतृत्व र व्यक्तित्व विकासमा जेसीजले महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ । पोखरा जेसीजको ४७औँ शाखा अधिवेशन तथा ५२औँ वार्षिक साधारणसभामा शनिबार बोल्दै उहाँले असल र क्षमतावान युवाले मात्र मुलुकको समृद्धिमा योगदान दिन सक्ने उल्लेख गर्नुभयो ।

    “जीवनको सबैभन्दा सक्रिय र ऊर्जाशील उमेर १८ देखि ४० वर्षसम्मका युवाहरूको साझा संस्था जेसिजले युवालाई एकीकृत गर्दै नेतृत्व तथा व्यक्तित्व विकासका क्षेत्रमा सक्रियतापूर्वक लागिरहेको पाएको छु”, उहाँले भन्नुभयो ।

    विधिको शासन, विश्व बन्धुत्व, आर्थिक न्याय र मानवताको सेवासँग युवालाई जोड्नु महत्वपूर्ण रहेको भन्दै उहाँले सकारात्मक सोच र रचनात्मक काम गर्ने जेसिज सहर केन्द्रित मात्रै नभएर ग्रामीण क्षेत्रतिर पनि फैलन आवश्यक रहेको बताउनुभयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan