Monday 2nd of November | २०८३ कार्तिक १६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यू–१९ एसिया कपका लागि नेपालको क्रिकेट टोली घोषणा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १६ सोमबार |

काठमाडौँ, १६ कात्तिकः पुरुष यू–१९ एसिया कपका लागि नेपालको क्रिकेट टोलीको घोषणा गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

    क्यानका अनुसार एसिया कप यही कात्तिक १९ देखि २८ गतेसम्म ओमानमा आयोजना हुँदैछ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ ।

    समूह चरणमा नेपालले २० कात्तिकमा भारत, २२ कात्तिकमा युनाइटेड अरब इमिरेट्स (युएई) तथा २४ कात्तिकमा पाकिस्तानविरुद्ध खेल्ने तालिका छ ।

    उक्त प्रतियोगिताका लागि नेपालको टोलीमा विपिनप्रसाद शर्मा (कप्तान), निरजकुमार यादव, प्रसिद्ध जैशी, सोहेल कुँवर, दर्श सुनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सूर्यान्शु कोइराला, अभय यादव, सुशील रावल, नितेशकुमार पटेल, शुभम खनाल र सचिन भट्टले अवसर पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan