Thursday 29th of October | २०८३ कार्तिक १२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एनपिएलः जनकपुर बोल्ट्सद्वारा काठमाण्डु गोर्खाज पराजित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बिहीबार |

काठमाडौँ, १२ कात्तिकः जनकपुर बोल्ट्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी-२० क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । जनकपुर बोल्ट्सले आज भएको खेलमा काठमाण्डु गोर्खाजलाई आठ विकेटले हराएको हो ।

    जनकपुरले पहिलो खेलमा कर्णाली याक्सविरुद्ध १९ रनको हार व्यहोरेको थियो । काठमाण्डुले दिएको एक सय १६ रनको लक्ष्य जनकपुरले १७ दशमलव २ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो ।

    जनकपुरका लागि मोइन अलीले ५१ बल खेल्दै ३ चौका र ३ छक्काको मद्दतमा अविजित ५८ रनको पारी खेले । यस्तै, सैफ हसनले अविजित ४० रन बनाए । बलिङतर्फ काठमाण्डुका लागि रिपोन मण्डलले एक विकेट लिए । 

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको काठमाण्डुले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर एक सय १५ रन बनायो । काठमाण्डुका लागि भीम सार्कीले २९ बल खेल्ने क्रममा ४ चौकासहित सर्वाधिक ३३ रन जोडे । 

    यस्तै, राशिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन बनाए । बाँकी ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

    बलिङतर्फ जनकपुरका लागि राहुल यादवले चार ओभरमा ३१ रन खर्चिएर ४ विकेट लिए । यस्तै, सैफ हसनले दुई तथा कप्तान हरमित सिंह, ललितनारायण राजवंशी र मोइन अलीले एक एक विकेट लिए ।

    प्रतियोगिताअन्तर्गत आजै अर्को खेल विराटनगर किङ्ग्स र कर्णाली याक्सबीच अपरान्ह ५ः०० बजेदेखि सुरु हुँदैछ । जारी प्रतियोगितामा विराटनगर पहिलो जितको खोजीमा छ । उसले पहिलो खेलमा चितवन राइनोजविरुद्ध आठ रनको हार व्यहारेको थियो । यस्तै कर्णाली लगातार दोस्रो जित निकाल्ने योजनामा छ । उसले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले हराएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan