Thursday 29th of October | २०८३ कार्तिक १२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इरानमा आक्रमणको सम्भावनाबीच अमेरिकी सैन्य अधिकारी हटाइए

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बिहीबार | (रासस/एएनआई)

अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे विचार गरिरहेका बेला युद्धमन्त्री पीट हेग्सेथले पेन्टागनका वरिष्ठ योजना अधिकारी लेफ्टिनेन्ट जनरल ब्रेट सिल्भियालाई पदबाट हटाउनुभएको छ । सीएनएनका अनुसार संयुक्त चिफ्स अफ स्टाफअन्तर्गत रणनीति, योजना तथा नीतिका निर्देशक सिल्भियालाई हटाउनुको कारण खुलाइएको छैन ।

    यो घटना हेग्सेथले वरिष्ठ सैन्य अधिकारीहरूलाई पदबाट हटाउँदै आएको शृङ्खलाको पछिल्लो उदाहरण हो । यसअघि सेना प्रमुख जनरल र्‍यान्डी जर्ज, जनरल डेभिड होडन, नौसेना सचिव जोन फेलान तथा साइबर कमान्ड र राष्ट्रिय सुरक्षा एजेन्सीका प्रमुख जनरल टिमोथी हग पनि पदबाट हटाइएका थिए । जर्ज र हेग्सेथबीच इरान द्वन्द्वका विषयमा मतभेद रहेको विवरण सार्वजनिक भएको थियो ।

    यसैबीच, इरानका सर्वोच्च नेता अयातुल्ला सैयद मोजताबा खमेनीले क्षेत्रीय रूपमा कायम ‘न युद्ध न शान्ति’ को अवस्था अन्त्य गर्न आह्वान गर्नुभएको छ । राष्ट्रपति मसुद पेजेस्कियानले सम्भावित खतरा, प्रतिबन्ध र बाह्य दबाबको सामना गर्न राष्ट्रिय सहनशीलता बढाउनुपर्ने बताउनुभएको छ ।

    इरानी मन्त्रिपरिषद्को बुधबारको बैठकमा वर्तमान अवस्थाको व्यवस्थापन र सम्भावित परिस्थितिको सामना गर्ने तयारीबारे छलफल भएको थियो । विदेशमन्त्री अब्बास अराघचीले कतारी प्रतिनिधिमण्डल र पाकिस्तानका सेना प्रमुखको भ्रमणसहितका कूटनीतिक गतिविधि तथा क्षेत्रीय परामर्शबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan