Tuesday 27th of October | २०८३ कार्तिक ११ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानमन्त्री राहत कोषमा पशुपति फाउन्डेसन अमेरिकाद्वारा करिब डेढ करोड सहयोग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ११ मंगलबार |

काठमाडौँ, १० कात्तिकः भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा सक्रिय पशुपतिनाथ फाउन्डेसन लस एन्जलसको पहलमा रू डेढ करोड आर्थिक सहयोग सङ्कलन गरी प्रधानमन्त्री राहत कोषमा पठाइएको छ । 
    फाउन्डेसनका अध्यक्ष विमल श्रेष्ठका अनुसार अमेरिकामा रहेका नेपाली समुदायबाट सङ्कलित ९९ हजार ६४ अमेरिकी डलर सहयोग सङ्कलन गरिएको थियो । उक्त रकमबाट बैंक शुल्क कटाएर ९७ हजार ८७५ अमेरिकी डलर प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको उहाँले जानकारी दिनुभयो ।

     नेपाली राजदूतावास वासिङ्टन डिसीका अधिकारी सम्मिलित जुममार्फत आयोजित कार्यक्रममा फाउन्डेसनका पदाधिकारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको उपस्थितिमा फाउन्डेसनका अध्यक्ष श्रेष्ठले उक्त रकम प्रधानमन्त्री राहत कोषमा पठाइएको घोषणा जानकारी गराइएको छ ।

    प्रवासमा रहेर पनि मातृभूमिमा परेको विपद्लाई आफ्नै पीडा सम्झँदै सहयोग गर्नु नेपालीको देशप्रेम, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उदाहरण भएको फाउन्डेसनले जनाएको छ । यसअघि पनि फाउन्डेसनले भूकम्पका बेला राहत तथा सहयोगका कार्यक्रममा सहयोग पु¥याएको थियो ।

     विश्वभर नेपाली संस्कृति, सम्पदा तथा भाषाको संरक्षण गर्दै पशुपतिनाथ र बुद्ध भूमि नेपालको पहिचान प्रवर्द्धन गर्ने लक्ष्यका साथ स्थापित फाउन्डेसनले क्यालिफोर्नियामा मन्दिर, बुद्ध स्तूप र एकीकृत सांस्कृतिक केन्द्र निर्माण अघि बढाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan