Monday 26th of October | २०८३ कार्तिक १० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

डीएनए परीक्षण कीट र एक करोड सरकारलाई हस्तान्तरण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १० सोमबार |

काठमाडौँ, ९ कात्तिक : संयुक्त अधिराज्य  बेलायतमा बसोबास गर्दै आउनुभएका गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष कुल आचार्य र उत्तम नेपालले नेपाल सरकारलाई डीएनए परीक्षण कीट तथा आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ ।

    परराष्ट्र मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री शिशिर खनालको उपस्थितमा आचार्य र नेपालले डीएनए परीक्षण कीट सरकारलाई आज हस्तान्तरण गर्नुभएको हो । सोही अवसरमा उत्तम नेपालले मन्त्री खनालमार्फत सरकारलाई सहयोग स्वरूप रु एक करोडको चेकसमेत हस्तान्तरण गर्नुभयो ।

    आचार्य र नेपालले व्यक्तिगत रूपमा उक्त सहयोग उपलब्ध गराउनुभएको हो । सहयोगका लागि दुवै जनाप्रति आभार व्यक्त गर्दै मन्त्री खनालले प्राप्त डीएनए परीक्षण कीट र आर्थिक सहयोगले सरकारको उन्नत डीएनए परीक्षण तथा अनुसन्धानसम्बन्धी क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा प्रतिनिधिसभा सदस्य विदुषी राणा, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का प्रतिनिधि तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan