Monday 12th of October | २०८३ असोज २६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भारतबाट उखुका चार उन्नत जात  भित्र्याइयो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २६ सोमबार | (रासस)

काठमाडौँ, २६ असोजः नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले उखुका चार उन्नत जात नेपाललाई हस्तान्तरण गरेको छ ।

लखनउस्थित भारतीय उखु अनुसन्धान संस्थानले विकास गरेका ती जात आज यहाँ आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो । बाराको जितपुरस्थित राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमले भारतीय उखु अनुसन्धान संस्थानसँगको सहकार्यमा ती जात नेपालमा भित्र्याइएको हो । यहाँस्थित भारतीय दूतावासका प्रथम सचिव निशाले उखुका चार उन्नत जातका बीउ नार्कका कार्यकारी निर्देशक श्रीमत श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।

राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमका संयोजक दिलराज यादवका अनुसार भारतबाट ल्याइएका ती जातमा उत्पादकत्व र चिनीको मात्रा बढी छ । ती जातका उखुको  प्रवद्र्धनबाट उखुको गुणस्तर र उत्पादकत्व बढ्नुका साथै किसानको आम्दानी तथा चिनी मिलको उत्पादनमा सुधार हुने छ । 

नेपालमा करिब ५३ हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ । नेपालमा उखुको औसत उत्पादकत्व प्रतिहेक्टर करिब ५० मेट्रिक टन छ  । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan