Thursday 27th of August | २०८३ भदौ ११ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कर्णाली प्रदेश पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ११ बिहीबार | रासस

 

कर्णाली, ११ भदौः कर्णाली प्रदेश पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय वीरेन्द्रनगरको आयोजनामा बुधबार कर्णाली प्रदेशलाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।

 

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा हुनुको प्रमुख श्रेय स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीलाई जाने बताउनुभयो । पूर्णखोप सुनिश्चितताका आवश्यक सूचक तथा मापदण्ड पूरा गरेपश्चात् गरिएको घोषणाको दिगोपना सबैभन्दा ठूलो चुनौती भएको बताउँदै उहाँले यसलाई सामना गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।  

 

विकट भूगोल, आवश्यक स्रोत, साधन तथा जनशक्तिको अभावका बीचमा पूर्णखोप सुनिश्चितताको प्रदेश घोषणा हुनु आफैँमा महत्वपूर्ण भएको उहाँको भनाइ छ । 

 

जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गङ्गाराम सुनारले काम गर्नेलाई प्रोत्साहन गर्न सकिए आगामी दिनमा थप प्रगति हुने धारणा राख्नुभयो । कर्णालीको विकट भूगोलको भूई तहमा रहेर काम गर्ने स्वयंसेविकाको उच्च मूल्याङ्कन गर्नुपर्ने उहाँको भनाइ थियो । 

 

मन्त्रालयका सचिव रोशनीकुमारी श्रेष्ठले आधारभूत तहमा काम गर्ने स्वास्थ्यकर्मीको योगदान, युनिसेफलगायतका साझेदार निकायको प्राविधिक सहयोग र मिडियाकर्मीको विशेष भूमिकाले कर्णाली पूर्णखोप सुनिश्चिता घोषणा हुन सकेको टिप्पणी गर्नुभयो । 

 

राष्ट्रिय खोप समन्वय समितिको सिफारिसअनुसार कर्णालीलाई दोस्रो पटक पूर्णखोप सुनिश्चितता र दिगोपनाको प्रदेश घोषणा गरिएको उहाँले जानकारी दिनुभयो । 

 

संयुक्त राष्ट्र सङ्घीय बालकोष (युनिसेफ) नेपालका कर्णाली प्रदेश प्रमुख दीपक श्रेष्ठले लामो समयदेखिको अभियानले पूर्णता पाएकामा प्रसन्नता व्यक्त गर्नुभयो । 

–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan