आइएमई पे र श्रीयोग कन्सल्टिङबीच सम्झौता
न्यूजअभियान | प्रकाशित मिति : २०७९ माघ २६ बिहीबार |
काठमाडौं, २६ माघ । आइएमई पेर श्रीयोग कन्सल्टिङ प्रा.लि.बीच एक सम्झौता भएको छ ।
सम्झौताअनुसार आइएमई पे श्रीयोग डट कमको डिजिटल भुक्तानी सेवा प्रदायक रहनेछ ।
श्रीयोग डट कमलाई डिजिटल भुक्तानी प्रकृया सहज गराउने उदेश्यका साथ यो सम्झौता गरिएको हो ।
श्रीयोग डट कमका दक्ष कामदारहरुले आफ्नो सेवा बमोजिमको भुक्तानी रोजगार दाताहरूबाट आइएमई पेको माध्यमबाट प्राप्तगर्न सक्नुहुनेछ ।
यहीँ फेब्रुअरी ८ देखि संचालनमा रहने यो सम्झौता पश्चात आम सेवाग्राहीहरूलाई डिजिटल प्रविधिको प्रयोग गरी आर्थिक कारोबार गर्ने वानीको विकाश हुँदै जाने दुवै कम्पनीले विश्वास राखेका छन् ।

